गायक प्रशान्त तामाङको हृदयघातबाट निधन


काठमाडौँ । इन्डियन आइडलका विजेता तथा नेपालका चर्चित गायक–अभिनेता प्रशान्त तामाङको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार आज दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण उनको मृत्यु भएको हो।

संगीत र अभिनय दुवै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका तामाङ इन्डियन आइडलको मञ्चबाट रातारात चर्चामा आएका थिए। प्रतियोगिताका क्रममा नेपालसहित विश्वभर रहेका लाखौँ नेपालीको व्यापक समर्थन र भोटका कारण उनी विजेता बनेका थिए। यही कारण उनी नेपालमा पनि अत्यन्त लोकप्रिय थिए।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

उनको निधनको खबरसँगै सामाजिक सञ्जालमा कलाकार, प्रशंसक तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।