काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताएका छन् ।
विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग उनले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइदनुपर्ने बताएका हुन् । उनले काँग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्नुहुँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरुका कारण आजको परिस्थिति सिर्जना भएको बताए ।
उनले र्तमान विषम परिस्थितिमा काँग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने उल्लेख गरे ।
नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने उनकाे भनाइ छ।
उनले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको बताए । काँग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरुलाई आग्रह गरे ।
विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलवार बेलुकासम्म वार्ता निष्कर्षमा पु¥याउन उनकाे आग्रह छ ।


प्रतिक्रिया दिनुहोस्