काठमाडाैँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरिछोड्ने दृढता व्यक्त गरेका छन् ।
मंगलवार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनम विशेष महाधिवेशन प्रचार समितिले सो कुरा जानकारी गराएको हो ।
नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरु यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समितिका संयोजक सुवाष पोखरेलले बताए ।
उनले संस्थापन पक्षले आफूहरुको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरिएको पनि स्पष्ट पारे ।
संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरेका छन् । उनले संस्थापन पक्षसँग संवाद जारी रहेपनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अव नरोकिने दोहो¥याए ।
यता संस्थापन पक्षले भने विशेष महाधिवेशन विधानसम्मत नभएको जिकिर गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्