काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भंग भइसकेको बताएका छन् ।
बुधवार काठमाडौँस्थित विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूहरू नयाँ कार्य समिति चयन गर्ने क्रममा रहेको बताए ।
उनले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताए । उनले काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले आफूहरूलाई निष्कासन गरेको सुनेको भन्दै काँग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गरे । उनले वास्तविक नेपाली काँग्रेस आफूहरु भएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्