बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा


काठमाडाैँ । नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रिय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

बुधवार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् । उनले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गरे ।

उनले पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गरे ।उनले आफूले पार्टीको कुनै पदाधिकारीमा पनि उम्मेदवारी नदिएको पनि उल्लेख गरे ।

उनले देशभरका पार्टी कार्यकर्ताअनुसार बन्दसत्रबाट कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उल्लेख गरे ।