काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले मौलिक चाडपर्वहरु सभ्यता, संस्कृति र पहिचानका अमूल्य सम्पदा रहेको बताएकी छन् ।
बिहीवार काठमाडाैँमा मगर (माघे) संक्रान्तिको अवसरमा मगर समुदायले आयोजना गरेको कार्यक्रममा उनले माघे संक्रान्ति लगायतका पर्वहरु देशका सम्पदा भएको बताएकी हुन् ।
मौलिक चाडपर्व, परम्परा, भेषभुषाको बहुरंगी सौन्दर्यले नेपालको राष्ट्रियता सुन्दर ढंगले श्रृगारिएको उनकाे भनाइ छ । विविधता र बहुलताका बिचको एकताले नै राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपूर्ण बनाएको उनले बताए ।
“माघे सघ्राती जस्ता मौलिक चाडपर्वहरु हाम्रा सभ्यता सस्कृति र पहिचानका अमुल्य सम्पदा हुन् । यीनै चाडपर्व, परम्परा, भेषभुषाको बहुरंगी सौन्दर्यले नै हाम्रो राष्ट्रियता सुन्दर ढंगले श्रृगारिएको छ । विविधता र बहुलताका बीचको एकताले नै हामीले हाम्रो नेपाल राष्ट्रलाई समृद्ध, सशक्त र गौरवपुर्ण बनाएको छ । यीनको संरक्षण र प्रर्वद्धन गर्नुपर्छ । यस अभियानमा सरकार सधै हातेमालो गरेर अघि बढ्ने छ,”उनले भनिन् ।
उनले मौलिक चाडपर्वहरुको संरक्षण र प्रर्वद्धन गर्न सरकारले सधै सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् ।


प्रतिक्रिया दिनुहोस्