अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही उन्नत कम्प्युटिङ चिप्सको आयातमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने आदेश दिएका छन् ।
याे बिहीबारदेखि लागू भएको छ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित एक घोषणापत्रमा ट्रम्पले यो कार्य स्पष्ट रूपमा घटाइएको, परिमार्जन गरिएको वा खारेज नगरिएसम्म प्रभावकारी रहने बताइएको छ ।
ट्रम्पले सेमीकन्डक्टरको आयातमा महशुल लगाउनुको पछाडि राष्ट्रिय सुरक्षाको चिन्ता रहेको उल्लेख गरे । घोषणापत्रमा वर्णित केही उन्नत कम्प्युटिङ चिप्स र डेरिभेटिभ उत्पादनहरूले अमेरिकी प्रविधि आपूर्ति शृङ्खलाको निर्माण र सेमीकन्डक्टरका डेरिभेटिभहरूको लागि घरेलु उत्पादन क्षमताको सुदृढीकरणमा योगदान नपु¥याउने निष्कर्ष निकालिएको छ ।
यद्यपि घोषणापत्रमा केही छुटहरूको व्यवस्था पनि गरिएको छ । अमेरिकी डेटा सेन्टरहरूमा प्रयोग, अमेरिकामा गरिने मर्मत वा प्रतिस्थापन, अनुसन्धान र विकास, स्टार्टअपहरू, गैर–डेटा सेन्टर उपभोक्ता अनुप्रयोगहरू, नागरिक औद्योगिक अनुप्रयोगहरू र सार्वजनिक क्षेत्रका अनुप्रयोगहरूका लागि आयात गरिने उत्पादनहरूमा यो महशुल दर लागू हुनेछैन ।
साथै, अमेरिकी प्रविधि आपूर्ति शृङ्खला वा सेमीकन्डक्टरको डेरिभेटिभका लागि घरेलु उत्पादन क्षमता सुदृढ गर्न योगदान पु¥याउने भनी निर्धारण गरिएका अन्य प्रयोगका उत्पादनहरूमा पनि यो छुट लागू हुनेछ ।
ट्रम्पले अमेरिकी भन्सार तथा सीमा सुरक्षा बललाई प्रचलित कानूनले अनुमति दिएसम्म घोषणापत्रद्वारा लगाइएको महसुल व्यवस्थापन गर्न आवश्यक वा उपयुक्त कदम चाल्न आदेश दिएका छन् । यस घोषणापत्र बमोजिम लगाइएको महसुलमा कुनै फिर्ता सुविधा उपलब्ध नहुने पनि स्पष्ट पारिएको छ ।


प्रतिक्रिया दिनुहोस्