काठमाडाैँ । नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक खम्मबहादुर खातीले काँग्रेस पार्टीको अद्यावधिकका लागि गगन थापा पक्षको काँग्रेसलाई अधिकार नै नरहेको बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी लागि पुगेका काँग्रेस नेताहरुसँगको आयोगको छलफलका क्रममा उनले विशेष महाधिवेशनमा हस्ताक्षर गर्नेहरु विशेष महाधिवेशनबाट बाहिरियाैँ भनेर हस्तक्षरसहित फर्किएकाे बताए ।
उनले आयोगले संविधान, प्रचलित ऐन, कानून, निर्वाचन ऐन,राजनीतिक दलसम्बन्धी ऐनको विपरित नहुने गरी निर्णय लिनेमा विश्वस्त रहेको उल्लेख गरे ।
१६७ जनामध्ये १ सय २३ जना केन्द्रिय सदस्यहरु आफूहरुसँग रहेको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को ख मा यदी विवाद उत्पन्न भए त्यस्तो सन्दर्भमा विवाद हुनु भन्दा पूर्वको केन्द्रिय कार्यसमितिको बहुमत छ, त्यसले निर्वाचन चिन्ह, पार्टी र झण्डा प्राप्त गर्दछ भन्ने व्यवस्था स्पष्ट व्यवस्था रहेको बताए ।
उनले विशेष महाधिवेशन पक्षधरहरुको महाधिवेशन प्रतिनिधिको संख्या ५१ प्रतिशत पनि नपुगेको उल्लेख गरे । विधान विपरित गएर अधिवेशन बोलाइएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्