काठमाडाैँ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ। आसन्न निर्वाचनका लागि उम्मेदवार तय गर्ने मुख्य एजेन्डासहित बैठक बोलाइएको हो।
एमालेले यसअघि नै जिल्ला तथा प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवारको सिफारिस प्राप्त गरिसकेको छ। ती सिफारिसमाथि छलफल गर्दै अन्तिम निर्णय लिने उद्देश्यले सचिवालय बैठक आयोजना गरिएको पार्टीले जनाएको छ।
बैठकमा उम्मेदवार छनोटसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ। नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद तथा सम्भावित विभाजनलगायतका विषय बैठकको छलफलमा रहने एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन शाहीले जानकारी दिए ।
उनका अनुसार बैठकबाट निर्वाचन रणनीति र राजनीतिक परिस्थितिबारे पार्टीको धारणा स्पष्ट पार्ने तयारीसमेत गरिएको छ।


प्रतिक्रिया दिनुहोस्