काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ। एमालेले निर्वाचन क्षेत्र नम्बर १ बाट मिनप्रसाद गुरुङ र निर्वाचन क्षेत्र नम्बर २ बाट खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुन्। यसैगरी स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थापा हाल कालिगण्डकी गाउँपालिकाका अध्यक्ष छन्। उनी दोस्रो कार्यकालका लागि गाउँपालिकाको नेतृत्व गरिरहेका छन्।
एमालेले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएसँगै स्याङ्जामा निर्वाचनको माहोल थप तातेको छ। अन्य राजनीतिक दलहरू पनि आफ्ना उम्मेदवार छनोट गर्ने तयारीमा जुटिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्