शाह १ बजे रास्वपा केन्द्रीय कार्यालय पुग्ने, केन्द्रीय समितिको बैठकपछि नेताहरू जनकपुर प्रस्थान गर्ने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम रहेको छ।

त्यसपछि दिउँसो २ बजेदेखि रास्वपाको केन्द्रीय समितिको बैठक बस्नेछ। बैठकमा पार्टीको पछिल्लो राजनीतिक गतिविधि र संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।

केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि पार्टी सभापति रवि लामिछाने, बालेन शाह तथा अन्य नेताहरू आज साँझ ५ बजे जनकपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।