काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रिय कार्यालय पुगेका छन् ।
आइतवार दिउँसो तामझामसहित वनस्थलीस्थित पार्टी कार्यालयमा प्रवेश गर्नुभएका साहलाई रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका हुन् ।
रास्वपामा वरिष्ठ नेताको रूपमा समाहित भए यता उनको यो पहिलो औपचारिक कार्यालय भ्रमण हो । उनी आजै बस्ने रास्वपाको केन्द्रिय समिति बैठकमा सहभागी हुन कार्यालय पुग्नेका हुन् ।
गत पुसमा रास्वपासँग ७ बुँदे सहमति गर्दै पार्टीमा समाहित हुनुभएका साहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने घोषणा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्