स्याङ्जा १ मा रास्वपाबाट रेग्मी उम्मेदवार


काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्याङ्जा क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ।

पार्टीले नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई मैदानमा उतार्ने निर्णय गरेको हो।

रास्वपा सभापति रवि लामिछानेले आइतबार राति रेग्मीलाई औपचारिक रूपमा टिकट प्रदान गरेका छन्।

यस क्षेत्रमा यसअघि नेपाली कांग्रेसका राजु थापा र त्यसअघि नेकपा एमालेका नारायण मरासिनी निर्वाचित भएका थिए।

उता, स्याङ्जा क्षेत्र नम्बर २ मा भने रास्वपाको उम्मेदवार अझै सार्वजनिक भइसकेको छैन। पार्टीले आवश्यक आन्तरिक छलफलपछि मात्र निर्णय सार्वजनिक गर्ने जनाएको छ।