काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा रहेका रैथाने ज्ञान, सिप र संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वास्थ्य जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान विज्ञान र जीवनपद्धति पक्षलाई उजागर गर्ने बताइन् ।
उनले मौलिक ज्ञान तथा संस्कृतिहरुलाई संरक्षण गरी नयाँ पिढीलाई हस्तान्तरण गर्नु आजको आवश्यकता रहेको औँल्याइन्। उनले सरकार सबै समुदायका मौलिक पर्व, भाषा, सस्कृति र भेषभुषाको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गरिन्।
उनले विभिन्न जातजातीका मौलिक पर्वको कार्यक्रम संचालन गर्नको लागि आगामी दिनमा राज्यले सहयोग गर्ने पनि बताइन् । माघी, ल्होसार, संक्रान्ती लगायतका पर्व मनाउनको लागी सहयोग गर्नेगरि सरकारले विशेष निर्णय गर्ने उनले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस्