काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरूलाई दिन आग्रह गरेका छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका हुन्।
उनले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गरे । आगामी निर्वाचनलाई ऐतिहासिक रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले पाँच वर्षको आफूहरुले काम देखेपछि फेरि जनताले आफैँलाई नै खोज्ने दाबी पनि गरे ।
उनले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनुपर्ने बताउँदै आफूले बालेको कुरा सधै पूरा गरेको पनि दाबी गरे । जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उनको भनाइ छ । उनले फागुन २१ गते हुने निर्वाचनमा आफूहरुलाई विश्वास गरेर हेर्न आग्रह गरे ।
उनले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरूको उदय भए देश झन अधोगतितिर जाने बताए । देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्