रोल्पाबाट कांग्रेसले बनायो डा. सुदनकुमार वलीलाई उम्मेदवार


काठमाडाैँ । नेपाली कांग्रेसले आगामी फागुन २१ को निर्वाचनमा रोल्पाबाट डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उनी अर्थ मामिलामा अनुभव भएका विशेषज्ञ हुन् र हाल लुम्बिनी प्रदेश योजना आयोगका सदस्यको रूपमा कार्यरत छन्।

यसअघि उक्त क्षेत्रमा तत्कालीन माओवादीको बलियो आधार रहेको थियो। माओवादी केन्द्रका वर्तमान सांसद वर्षमान पुन पुन यस पटक पनि उम्मेदवार छन् ।

टिकट पाएका वलीले आयोग सदस्य पदबाट राजीनामा दिई उम्मेदवारी दर्ताका लागि रोल्पा पुगेका छन्।