काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।
चुनाव नजिकिदै गर्दा अन्तरिम सरकारका मन्त्रीहरूले राजीनामा दिनेक्रम चलिरहेको छ । यसअघि ऊर्जासहित तीनओटा मन्त्रालय सम्हालेका कुलमान घिसिङ,खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदिश खरेलले राजीनामा दिएका दिइसकेका छन् ।
मन्त्री पुनको राजीनामा अर्थमन्त्री खनालले पुष्टि गरेका हुन् । अर्थमन्त्री खनालले भनेका छन्,‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो ।’


प्रतिक्रिया दिनुहोस्