काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा वर्तमान मन्त्रिपरिषद्का तीन मन्त्रीको राजीनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन्।
तीनै मन्त्रीले सम्हाली आएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्की स्वयंले सम्हाल्ने गरी राष्ट्रपति पौडेलले तोकेकाे कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त निर्णय गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्