नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुन बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार


काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन बाँके क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका छन् ।

रोल्पा स्थायी घर भएका पुन बाँकेबाट प्रतिनिधि सभा चुनाव लड्ने पक्का भएको हो ।

संसदीय बोर्ड बैँकले पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पुन पूर्वराज्यमन्त्री हुन् ।

उनी २०७९ को चुनावमा लुम्बिनी प्रदेश सभाका लागि रोल्पा ‘ख’ बाट चुनाव लडे पनि पराजित भएका थिए ।

पुन गगन थापाले बोलाएको विशेष महाधिवेशनको पक्षमा उभिने दुईओटा प्रदेशका सभापति मध्ये एक हुन् ।