स्याङ्जा–२: रास्वपाका झविलाल डुम्रेले गराए उम्मेदवारी दर्ता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता झविलाल डुम्रेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीको केन्द्रीय नेतृत्वको निर्णयअनुसार डुम्रेलाई उम्मेदवार बनाउँदै औपचारिक रूपमा टिकट प्रदान गरिएको थियो।

लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका डुम्रे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय संगठन विभागका सदस्यसमेत हुन्।