बुधबार ९ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ९.४३ अंकले बढेर २७०५.३८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ३६ लाख ३६ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य ९.८४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ५.८९ प्रतिशतले घटेको छ ।

कुल ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।