काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्नेछन् भने निर्वाचन चिन्ह पनि आजै प्रदान गर्ने कार्यतालिका छ ।
कार्यतालिकाअनुसार आज दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आजै दिनको १ बजेदेखि देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समय तोकिएको छ ।
आयोगका अनुसार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ ।
यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।
जम्मा २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य निर्वाचित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्