काठमाडाैँ । नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् ।
दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरूले शुक्रवार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन्।
सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन् ।
पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रिय समितिको बैठक सुरू भएको छ । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।
गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रूपमा सभापति निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्