काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन् ।
नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले काँग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए ।
उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडी बढ्नुपर्ने बताउँदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली काँग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।
उनले भने, “पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडी बढ्नुपर्छ । नेपाली काँग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।”
उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटकपटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बन्नुभएको बताए ।
यसअघि पनि थापा मधेसमा जान खाजेको भएपनि परिस्थिति नमिलेको उनकाे भनाइ छ । नेपाली काँग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्