काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरु मन्त्री बन्नुपर्ने प्रश्ताव गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको १९ आँै अधिवेशनमा उनले सांसद खालिदले सांसदहरु मन्त्री बनेका कारण सांसद खरिद विक्रीदेखि राजनीतिक दलहरु विभाजन हुने लगायतका विकृति भित्रिएको जिकीर गर्दै अब उनीहरुलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
उनले विकसित देशहरुमा पनि सांसदहरु मन्त्री नहुने व्यवस्था रहेको र त्यस्तो व्यवस्था नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे । सांसद खालिदले जनताको अभिमतको अपमान गर्ने काम सांसदहरुलाई मन्त्री बनाउने क्रममा भएकाले त्यस्तो व्यवस्था हटाउनुपर्ने अवस्था आएको समेत बताए ।
उनले भने, “मन्त्री बन्नका लागि किन सांसद चाहियो ? संसारका धेरै देशमा यो प्राक्टिस छैन । विकसित राष्ट्रहरुमा यो प्राक्टिस छैन । यो सांसद विक्री, राजनीतिक दलको तोडफोड र जनताको अभिमतको अपमान यो सांसद मन्त्री हुने खेलको कारणले हो । संकल्प गरौँ र राष्ट्रिय सभाबाट हामी तयार गरौैं । अव सांसद मन्त्री बन्दैन । विज्ञ मन्त्री बन्ने व्यवस्था गरौँ ।”
सांसद खालिदले राष्ट्रिय सभाले सांसदहरुलाई मन्त्री नबनाउने व्यवस्थाका लागि नेतृत्वदायी भुमिका खेल्नुपर्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्