नेकपा (माओवादी)का उम्मेदवार प्रकाण्डलाई समर्थन गर्दै कालीकाेटमा दुई दलकाे उम्मेदवारी फिर्ता


काठमाडौँ । कालीकोटमा नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई समर्थन गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी र देशभक्त पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रलोपाका उम्मेदवार धर्मराज न्यौपाने र देशभक्त नेपाल पार्टीका उम्मेदवार प्रेम सिंह तिरुवाले उम्मेवारी फिर्ता लिएका हुन् ।

नेकपा(माओवादी) प्रकाण्डको नेतृत्वमा चुनावमा गएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भने चुनाव लडेका छैनन् ।