आगामी निर्वाचनमा केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार छान्दैनः गगन थापा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनबाट केन्द्रिय संसदीय बोर्डले उम्मेद्वार चयन नगर्ने बताएका छन् ।

पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रमा नै उम्मेद्वार चयन हुने बताएका हुन् । उनले सोही क्षेत्रका पार्टी कार्यकर्ता र आम मतदाताले प्राईमरी इलेक्सनबाट उम्मेदवार छान्ने दाबी गरे ।

यसपटक भने समयको अभावको कारण प्राईमरी इलेक्सनमार्फत उम्मेद्वार छान्न नसकिएको उनको भनाइ छ। उनले समयको चापको कारण उम्मेद्वारी चयन प्रक्रियालाई अझै समावेशी र सन्तुलन बनाउन नसकिएको बताए।

उनले विशेष महाधिवेशन आफूहरूले आफ्नो लागि नभई नागरिकको काँग्रेस बदलिनैपर्छ भन्ने आवाज र पुकारलाई सम्मान गरेर गरिएको बताए ।