कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ९ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख ९ हजार ३०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर ६ हजार ८७० रूपैयाँ कायम भएको छ ।