४२ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५७ करोड ८५ लाख १६ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.५६ प्रतिशतले बढेको छ ।

यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्सका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ ।

कुल ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।