काठमाडाैँ । सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।
बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई आवश्यक राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न सरकारलाई सचेत गराइएको छ ।
त्यसैगरी समितिले पुरानो संसद भवन प्रवलीकरणमा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरिएको समितिका सभापति शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्