काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको र तराई भूभागका धेरै ठाउँहरूमा हुस्सु/कुहिरो रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
आज राती तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश लागायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्