अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसलमा एक पोस्ट गर्दै विमान वाहक पोत अब्राहम लिंकनको नेतृत्वमा रहेको र भेनेजुएला पठाइएको भन्दा ठूलो एउटा विशाल युद्धपोत इरानतर्फ जाँदै गरेको बताएका छन् ।
इरान चाँडै वार्ताको टेबुलमा आउने उनकाे विश्वास छ । एउटा निष्पक्ष र न्यायोचित सम्झौता गर्ने उनको विश्वास छ । अमेरिकी युद्धपोत आवश्यक परेमा गति र हिंसाका साथ आफ्नो मिशन पूरा गर्न सक्षम रहेको चेतावनी दिए ।
ट्रम्पले जुन २०२५ मा इरानी आणविक केन्द्रहरूलाई निशाना बनाएको अपरेशन मिडनाइट ह्यामरको पनि सन्दर्भ उल्लेख गर्दै सम्झौता नभएमा अर्को आक्रमण धेरै खराब हुने चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस्