काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत लिँदै गरेका एक जना इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ।
आयोगका अनुसार बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका अन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्लले अन्तिम बिल भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रु. १,५०,००० घुस माग गरी लिएको अवस्थामा पक्राउ गरिएको हो।
घटना सम्बन्धमा इन्जिनियर मल्ललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।
आयोगले भ्रष्टाचारजन्य कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने भन्दै यस्ता गतिविधिविरुद्ध कडा निगरानी जारी राखिएको स्पष्ट पारेको छ।


प्रतिक्रिया दिनुहोस्