काठमाडाैँ । देशभर विभिन्न कार्यक्रम गरी शहीदहरुको स्मरण गरिएको छ ।
शहीद दिवसका दिन लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक) मा मुख्य समारोह आयोजना गरेर शहीदहरूको स्मरण गरिएको हो । ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अन्तरिम सरकारका मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको हो ।
शहीद दिवसमा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका लागि राणाकालीन तथा अन्य आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने शहीदहरू (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ लगायत) को सम्मानमा कार्यक्रम गरिन्छ ।
माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइन्छ । आजको कार्यक्रमले शहीदहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता र लोकतन्त्रको रक्षा गर्ने सङ्कल्प दोहोर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्