काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको झण्डै साढे ३ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको छ ।
बिमा कम्पनीहरूले अहिलेसम्म कम्पनीले ३ अर्ब ३९ करोड ३० लाख १५ हजार ६ सय ३६ रुपैयाँ पुर्नबिमा कम्पनीले अग्रिम भुक्तानी लिएका छन् ।
जेनजी आन्दोलनमा भएको क्षतिको नेपाल पुनर्बिमा कम्पनीले अग्रिम भुक्तानी जारी राखेको छ । जेनजी आन्दोलनमा भएको क्षतिको झण्डै २३ अर्ब रुपैयाँ विभिन्न बिमा कम्पनीहरूमा दाबी परेको थियो ।
कम्पनीहरूमा भएको दाबीमध्ये ६५ प्रतिशत भार पुनर्बिमा कम्पनीले ब्यहोर्छ ।
कम्पनीका सिइओ सुरेन्द्र थापाले विभिन्न बिमा कम्पनीहरूलाई अहिलेसम्म झण्डै साढे ३ अर्ब रूपैयाँ भुक्तानी दिइसकेको जानकारी दिए । सरकारले व्यवसायीलाई सहज बनाउन अग्रीम भुक्तानी गर्न सक्ने निर्णय गरेको थियो । नेपाल पुनर्बिमा कम्पनीले पनि बिमा कम्पनीहरूलाई अग्रीम भुक्तानी गरको हो ।
नेको इन्स्योरेन्सले भने ‘बोर्डयू’ अर्थात बिमा विवरणपत्र बुझाउन नसक्दा आग्रिम भुक्तानी अझै पाएको छैन ।
कसले कति पाए ?
अहिलेसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले १८ करोड ८९ लाख २२ हजार ६ सय १०, इजिआइ प्रोडुन्सियलले ६२ करोड ८३ लाख २० हजार २ सय ४७ रुपैयाँ नेपाल इन्स्योरेन्सले १ करोड ७१ लाख ८ हजार ९ सय १९ रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १३ करोड ३६ लाख ३ हजार ८ सय ३४ रुपैयाँ अग्रिम भुक्तानी दिइसकिएको सिइओ सुरेन्द्र थापाले जानकारी दिए ।
ओरियन्टलले २० करोड प्रभु इन्स्योरेन्सले १ करोड २६ लाख २१ हजार ५ सय ५५ रुपैयाँ, सगरमाथा लुम्बिनीले १५ करोड ६७ लाख ८९ हजार ७ सय ५ रुपैयाँ, सानिमा जिआइसीले १५ करोड ६५ लाख ८७ हजार ८ सय २० रुपैयाँ, शिखर इन्स्योरेन्सले ५४ करोड ६८ लाख ४० हजार १ सय २७ रुपैयाँ सिद्धार्थ प्रिमियर १ अर्ब २५ करोड २५ लाख ८६ हजार ९ सय ७६ रुपैयाँ र युनाइटेड अजोडले ९ करोड ९५ लाख ३३ हजार ८ सय ४२ लाख रुपैयाँ अग्रिम भुक्तानी पाएका छ्न ।
उनले भने,“हामीले दाबी परेका बिमा कम्पनीहरूको पुनर्बिमा रकम भुक्तानी गरिरहेका छौँ । हामीले सकेसम्म छिटो र सहज ढङ्गले भुक्तानी गरिरहेका छौँ ।”
पुनर्बिमाका लागि दाबी गरेका ११ बिमाकम्पनी मध्ये ‘बोर्डयू’ अर्थात बिमा विवरणपत्र बुझाउन नसक्दा नेको इन्स्योरेन्सको आग्रिम भुक्तानी भने रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्