काठमाडौँ । सुनचाँदीको भाउमा विश्वबजारमै तीव्र गिरावट, नेपालमा पनि ४ दिनमै ५३ हजार रुपैयाँले सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाले घटेर तोलाको २ लाख ८६ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
बिहिबार हालसम्मको उच्च मूल्य तोलाको ३ लाख ३९ हजारमा कारोबार भएको थियो । विश्वबजारमै शुक्रबाट सुनचाँदीको भाउ क्र्यास हुन सुरु गरेको थियो ।
सुनचाँदीमा नाफा सुरक्षित गर्न लगानीकर्ताले बिक्री बढाएपछि दुवै बहुमूल्य धातु दबाबमा परेका देखिएको छ ।
अमेरिकन डलर बलियो बन्दै गएको र लगानीकर्ताले नाफा सुरक्षित गर्न सुरु गरेपछि बिहिबारमात्रै नयाँ रेकर्ड बनाएको सुन–चाँदीको उकालो गति रोकिएको हो ।
विश्वबजारमा आज मात्रै ५ प्रतिशतले सुन घटेर प्रति औँस ४४,६११.४ मा झरेको छ । शुक्रबार मात्रै १० प्रतिशत गिरावट आएर ४५,००० प्रति औँस भएको थियो । चाँदीको हालत झन् कमजोर बनेको छ ।
सुनसँगै उकालो लागेको चाँदीले गत शुक्रबार ३० प्रतिशतको ऐतिहासिक गिरावट भएको थियो ।
यो गिरावट १९८० को मार्चपछि देखिएको सबैभन्दा खराब भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्लेषकहरूका अनुसार सुनमा आएको तीव्र गिरावट लामो समयको बुलिस भत्किएको सङ्केत भने होइन ।
यो असाधारण मुल्यवृद्धिपछि देखिने सामान्य सुधार हो । घट्दो मूल्य दीर्घकालीन भने होइन ।
अहिले करेक्सन भएको सुनको मूल्य केही समय अस्थिर रहन सक्छ ।


प्रतिक्रिया दिनुहोस्