प्रहरीलाई गृहमन्त्रीको निर्देशनः निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनेगरी आफ्नो भुमिकालाई थप प्रभावकारी बनाउनूस्


काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई भयमुक्त गराउने गरी आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

सोमवार काठमाडौँमा आयोजित सोमबार काठमाडांैमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय रुपमा सम्पन्न गराउनका लागि प्रहरीहरुको भुमिका अझै प्रभावकारी हुनुपर्ने बताए। उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर नेपाल प्रहरीले विगतमा जस्तै आफ्नो व्यवसायिक दक्षता प्रमाणित गरेर देखाउने विश्वास समेत व्यक्त गरे । 

“आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचन लोकतन्त्रको महत्वपूर्ण परीक्षा हो । निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय तवरबाट सम्पन्न गराउन नेपाल प्रहरीको भुमिकालाई थप प्रभावकारी बनाउनु होला । गृह मन्त्रालयको स्पष्ट निर्देशन छ–नेपाल प्रहरी पूर्णरुपमा तटस्थ, व्यवसायिक र कानूनअनुसार मात्रै परिचालित हुनेछ,”उनले भने ।

त्यस अवसरमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी पूर्ण रुपमा तटस्थ, व्यवसायिक र कानून अनुसार चल्ने भएकाले उसको निष्पक्षमाथि कसैले पनि प्रश्न उठाउन सक्ने बताए ।उनले कुनैपनि तत्वको दबाबमा नेपाल प्रहरी नपर्ने समेत बताए ।