पुर्व प्रधानमन्त्री भट्टराईलाई पितृशोक


काठमाडाैँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका ९७ वर्षीय बुवा भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे निधन भएको हो।

भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो।

भोजप्रसादको आज बिहान निधन भएको र आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भट्टराईको सचिवालयले जनाएको छ।