नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलद्वारा आर्थिक विकासको अवधारणा सार्वजनिक (पूर्णपाठसहित)


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको अवधारणा आगाडि सारेका छन् ।

महामन्त्री पौडेलले दोस्रो चरणको आर्थिक सुधारसहितको आर्थिक अवधारणा अगाडि सारेका हुन् । उनले अर्थतन्त्रको दोस्रो चरणको सुधारमा कानुनी पुनर्जागरण र औद्योगिक प्रवर्धनको अवसधारणा अगाडि सारेका हुन् ।

महामन्त्री पौडेलले कांग्रेसले लिएको नीतिले नै मलुकको अर्थमन्त्र यहाँसम्म आएको भन्दै यहाँसम्मको यात्रामा त्यस नीतिले सबै कुरा ठिक ढङ्गबाट अघि बढ्यो भने नभन्ने बताएका छन् । उनले भनेका छन्,“ तर, त्यो नीति हुन्थेन भने सायदै हामीले आजको उपलब्धि पनि हासिल गरेका हुन्थेंनौ। त्यसैले, यसमाथि पनि थुप्रै प्रश्न छन् । सुधार गर्नु पर्ने ठाउँ धेरै छन् ।”

विगतमा नेपाली कांग्रेसको नीतिले अपेक्षित रुपमा कार्य गर्न नसक्नुमा विभिन्न कारण रहेको भन्दै महामन्त्री पौडेलले त्यसको लेखाजोखा गर्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक गरेको आर्थिक अवधारणामा भनेका छन्,“त्यस नीतिको मुख्य समस्या त्यसको आधारभूत दर्शन भन्दा राज्यले बहन गर्नु पर्ने जिम्मेवारी तथा वित्तीय सुरक्षा सुनिश्चित गर्न नसक्नु हो ।”

उनले थप भनेका छन्,“राज्यको कमजोर नियामकीय संयन्त्र, तत्कालीन समय अर्थात् २०५२ सालमा उठेको सङ्क्रमणकालीन राजनीतिक अस्थिरता र त्रास, विश्व वजार सँग प्रतिष्पर्धा गर्न आवश्यक प्रविधि, ज्ञान र सिपको अभाव, लगानी गर्नेले पनि उद्योग/ कलकारखानामा भन्दा पनि छिटो नाफा कामाउने ठाउँ वा व्यापार (त्चबमष्लन) मा गरेको लगानी लगायत थुप्रै कारण छन् ।”


महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्रको जग निर्माण, दोस्रो चरणको आर्थिक सुधार : कानुनी पुनर्जागरण र औद्योगिक प्रवर्धन, गतिशील पुँजी र आर्थिक इकोसिस्टमको निर्माण, गतिशील पुँजी र आर्थिक इकोसिस्टमको निर्माण, आर्थिक कूटनीतिको पुनरुत्थानको विषय उठान गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलद्वारा सार्वजनिक गरिएको आर्थिक विकासको अवधारणाकाे पूर्ण पाठ