काठमार्डौँ । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. बुद्धि मल्ल नियुक्त भएका छन् । आगामी फागुन १ गतेबाट उनले रिलायन्स फाइनान्सको सिइओको जिम्बेवारी सम्हाल्ने भएका छन् ।
यसअघि एनएमबी बैंकमा असिस्टेन्ट जनरल मेनेजर रहेका मल्ल रिलायन्स फाइनान्सको सिइओमा नियुक्त भएका हुन् ।
ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा सिइओ, ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा दोस्रो वरीयतामा रहेर काम गरेको अनुभव उनीसँग छ ।
व्यावसायिक क्षेत्रमा ३२ वर्ष बिताइसकेका मल्लले २६ वर्ष बैंकिङ क्षेत्रमा खर्चिएका छन् ।
‘सफलता सम्भव छ’ र ‘सपना साकार छ’ नामक उनका दुई पुस्तक पुस्तक बजारमा छन् । वैदेशिक रोजगारीका लागि कतार गएका मल्लले ५ वर्ष उतै बिताएका थिए । कतारबाट फर्केपछि उनले १ वर्ष शिक्षण पेशा पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्