ग्लोबल आइएमई बैङ्कबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट


काठमाडाैँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले अन्तर्राष्ट्र्र्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरूकाे सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले नेपाली विद्यार्थीहरूलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरु जस्तै आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिषा शुल्क, बिमा शुल्क लगायतका विभिन्न सेवा वापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशतको छुट प्रदान गर्नेछ ।

यो योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागू हुनेछ । ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ ।

यो योजनाअन्तर्गतको छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयहरुसम्बन्धी विवरण बैङ्कको वेबसाइटमा उपलब्ध छ ।