काठमाडाैँ । नेपाली काँग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश नबन्ने दाबी गरेका छन् ।
काठमाडौँमा बुधबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताए ।
तिमल्सिनाले नेपाली काँग्रेसले युवाहरुलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको स्पष्ट पारे ।
तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरुको विचार र काँग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताए । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उहाँले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरु डराउनु नहुने उल्लेख गरे ।
काठमाडौं क्षेत्र नं. ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उहाँले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने बताए ।


प्रतिक्रिया दिनुहोस्