काठमाडाैँ । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनअघि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै आगजनी, तोडफोड, बाढी, पहिरो र भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।
घोषणापत्र अनुसार गत भदौ २३ र २४ मा अराजक तत्वबाट भएको आगजनी र तोडफोडबाट क्षति पुगेका सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रहरी चौकी, पालिका कार्यालय लगायतका सार्वजनिक भवनहरू एक वर्षभित्र पुनर्निर्माण गरिनेछ।
निजी क्षेत्रका सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने छ भने बिमित संरचना र व्यवसायको बिमा भुक्तानी पनि छिट्टै सम्पन्न गराइनेछ।
सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्ने व्यक्ति पहिचान गरी कानूनी दायरामा ल्याउने र दण्डहीनतालाई अन्त्य गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश छ।


प्रतिक्रिया दिनुहोस्