अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको आणविक वार्ताको नतिजा अबको १० दिनभित्रमा तय हुने बताएका छन् । मध्यपूर्वमा उच्च तनाव र अमेरिकी सेनाको बढ्दो जमघटका बीच यो टिप्पणी आएको हो ।
ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । स्थानीय विश्लेषकहरूका अनुसार ट्रम्पले यो अवधिभित्र इरानमाथि सम्भावित अमेरिकी हमला हुनसक्ने संकेत गरेका छन् ।
वर्षौंदेखि इरानसँग अर्थपूर्ण सम्झौता गर्न सजिलो भएको छैन । अमेरिकाले ले अर्थपूर्ण सम्झौता गर्नैपर्ने नत्र नराम्रा कुराहरू हुने उनको चेतावनी छ । यो घटनाक्रमले मध्यपूर्वमा तनाव थप बढाएको छ ।
जसमा अमेरिकाले दोस्रो विमानवाहक समूह पनि क्षेत्रमा पठाइरहेको छ । इरान आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी छ । तर दुवै पक्षबीच ठूलो खाडल रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्