काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पूर्वाधार अभाव र स्वीकृति ढिलाइका विषयमा चासो व्यक्त गरेकी छन्। वारागुङ मुक्तिक्षेत्र–१ मा रहेको प्रसिद्ध तीर्थस्थल पुगेर दर्शन गरेकी प्रधानमन्त्री कार्कीसमक्ष स्थानीय सरोकारवालाले १०८ धारा पुनर्निर्माण, चेन्जिङ रुम, आनी आवासलगायत आठ पूर्वाधार योजना पुरातत्व विभागमा थन्किएको गुनासो गरेका हुन्।
मुक्तिनाथ विकास समितिका पदाधिकारीले स्वीकृति नहुँदा दर्शनार्थीमैत्री संरचना निर्माण रोकिएको जानकारी गराएपछि प्रधानमन्त्री कार्कीले पुरातत्व विभागसँग समन्वय गरी प्रक्रिया अघि बढाउने मौखिक आश्वासन दिएकी बताइएको छ।
मुक्तिनाथमा करिब एक घण्टा बिताएकी प्रधानमन्त्री कार्की त्यसपछि जोमसोम पुगेर सुरक्षाकर्मीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन्।
साथै प्रधानमन्त्री कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस्