काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी सुरु भएको छ ।
नयाँ नेतृत्व चयनको समय २ महिनाभन्दा कम बाँकी हुँदा महासङ्घको नयाँ नेतृत्वको लागि उम्मेदवारी घोषणा सुरु भएको छ ।
महासङ्घको नयाँ नेतृत्वको लागि हेमराज ढकाल पक्षले पदाधिकारीहरूको उम्मेदवारी घोषणा गरेको छ ।
काठमाडौँमा पत्रकार सम्मेलन गरेर ढकाल पक्षले उम्मेद्वारी घोषणा गरेको हो । कार्यसमिति सदस्यहरूको भने नाम घोषणा भएको छैन ।
चैत २८ र २९ गते हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ ।
ढकालको टिममा वस्तुगत उपाध्यक्षको उम्मेदवार नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षको उम्मेदवार ज्योत्सना श्रेष्ठ, जिल्ला नगरबाट उमेश डालमिया र कल्पना गैरे र महिला उपाध्यक्षमा कमला श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ ।
महिला उपाध्यक्षको उम्मेदवार कमला श्रेष्ठले अहिले पदाधिकारीको उम्मेदवार घोषणा गरिएको र कार्य समिति सदस्य पछि टुङ्ग्याउने जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस्