झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोड रूपैयाँ बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

विहीबार नेप्सेमा अपि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज साल्पा विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३३५ कम्पनीको एक करोड ५३ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।