नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस भन्ने कामना गरेका छन्।

मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गरेका हुन् । मध्यपूर्वमा भएका लाखौं नेपालीहरू आपत र कोलाहलमा भएकोले उनीहरूका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ ।

“मध्यपूर्वी देशहरू माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्” अध्यक्ष ओलीले लेखेका छन्, “तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।”

अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । “अस्वभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो,”उनले लेखेका छन्,”ति देशहरू पनि पक्कै युद्ध चाहदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।”

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन् ।