रिहाइको दुई साता नबित्दै पक्राउ परे दुर्गा प्रसाईं


काठमाडौँ । दुर्गा प्रसाईं लाई प्रहरीले शुक्रबार बिहान पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुर को टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो।

परिवार स्रोतका अनुसार बिहानैदेखि प्रहरी टोली घर वरिपरि तैनाथ थियो। करिब पौने ८ बजे पक्राउ पुर्जी थमाएर उनलाई लगिएको बताइएको छ। पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दा’मा अनुसन्धान गर्नुपर्ने उल्लेख छ।

प्रसाईं हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्। उनी यसअघि पनि ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए र १३ फागुनमा सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए।

उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालत ले थुनामुक्त गर्न आदेश दिएको थियो।