श्री स्टील्सले आइपिओ जारी गर्ने


काठमाडौँ । श्री स्टील्स लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

श्री स्टील्स पूर्ण स्वचालित प्लान्ट हो भने जसले टिएमटी रिबारहरूको निर्माणमा विशेषज्ञता हासिल गरेको जनाएको छ । श्री स्टील्स नेपालको पहिलो ब्राण्ड हो जोसँग टिएमटी रिबारहरुको उत्पादनको लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रबिधिमा आधारित उपकरण रहेको कम्पनीको दाबी छ ।

सो सम्झौतामा श्री स्टील्सको तर्फबाट कम्पनीका प्रबन्ध संचालक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।